दुई थान भरुवा बन्दुकसहित ३ पक्राउ



न्युज अफ नेपाल, काठमाडौं । प्युठान, सरुमारानी गाउँपालिका.६ पाङवाङबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६४ वर्षीय सुकराम पुन मगर रहेके प्रहरीले जनाएको छ । मगरलाई भरुवा बन्दुक १ थान, सोही बन्दुकमा लाग्ने छर्रा १४ थान र फलामको टुक्रा १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

लेनदेनको विवादमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर राना मगरलाई सुकराम पुनले भरुवा बन्दुकसहित घरमा गई बन्दुक ताकेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बड्डाँडाबाट खटिएको प्रहरीले मगरलाई उक्त हातहतियात सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, अछामको रामारोशन गाउँपालिका.६ पुदुबाट भरुवा बन्दुक १ थान सहित सोही गाउँपालिका भाटाकाटिया बस्ने २१ वर्षीय जगत बहादुर साउद र २२ वर्षीय लाल बहादुर साउदलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शान्तडाबाट खटिएको प्रहरीले उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका माथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्