अब भट्टीमा राजा भेटिए गीत हिट होला



शनिबार साँझ पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलको एक नाइट क्लबमा सपरिवार मस्ती गरेको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो। ज्ञानेन्द्र शाह क्लबमा जानै नहुने भन्ने त होइन।

तर, उमेरले सात दशक पार गरिसकेका पूर्वराजाको क्लबको नाँचले भने धेरैपछि ‘विगतमा देउरालीमा राजा भेटिए’ भन्ने पञ्चायतकालीन गीतको झल्को दिएको छ।

यसमा उनका छोरा पारस शाहले पनि रेस्टुरेन्टमा गएर बबाल मच्चाउने गरेका कारणले पुरानो गीतको याद दिलाएको हो।

पहिला–पहिला देउरालीमा राजा भेटिए भनेर गीत गाउनेहरूले अब भट्टीमा राजा भेटिए भन्ने गीत गाउनुपर्ने भएको छ।

विगतमा जनताभन्दा टाढा रहने ज्ञानेन्द्र शाह हिजोआज सर्वसाधारणसँग बढी घुलमिल गर्न थालेका छन्।

अहिले सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा पूर्वराजाको फ्लाई किसले अर्को पनि तहल्का मच्चाएको छ।

यसअघि ज्ञानेन्द्र शाहको यस्तो रूप नदेखेको धरहराको दुरविन रन्थनिएको छ हैै पाठकवृन्द।

प्रतिक्रिया दिनुहोस्