नेपाल बैंकद्वारा २३ वर्षपछि लाभांश घोषणा



नेपाल बैंकले २३ वर्षपछि शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ। बैंकले यस वर्ष शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र बैंकको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन्।

बैंकको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रतिक्रिया दिनुहोस्