अर्को शिखर वार्ताका लागि उत्तर कोरिया अनिच्छुक



सियोल (एजेन्सी)।

उत्तर कोरियाली नेता किम जोंग उनसँग अर्को एक शिखर वार्ता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जवाफमा उत्तर कोरियाले अनिच्छा ब्यक्त गरेको छ ।

अमेरिकाले बदलामा केही ठोस नदिएसम्म अमेरिकालाई डिंग हाक्नका लागि अर्को मौका दिन इच्छुक नभएको उत्तर कोरियाले जनाएको छ । विदेश मन्त्रालयका सल्लाहकार किम काइ ग्वानले दिएको बयान अमेरिकी सरकारका लािग उत्तर कोरियाको तर्फबाट आएको नयाँ आह्वानका रुपमा यसलाई लिएको छ ।

उत्तर कोरियाली नेता किम जोंग उनले ट्रम्प प्रशासनलाई यो बर्षको अन्त्यसम्म परमाणु कुटतितिबाट मुक्त हुनका लागि कुनै द्विपक्षिय स्विकार्य शर्त राख्न समयसिमा दिएका थिए ।

उत्तर कोरियाबाट कुटनितिक सम्बन्ध कायम राख्न दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास बन्द गर्ने फैसलापछि ट्रम्पले एक ट्विटमा किमसँग अनुरोध गरेका थिए ।

सहमति पुरा गर्नका लािग तिब्र रुपमा कारवाही बढाउनु पर्ने उल्लेख गर्दै दुईजना बीच अर्को शिखर सम्मेलनको संकेत दिएका थिए । ‘चाँदै भेट्ने छौं ‘ ट्रम्पले लेखेका छन् ।

तर किम काइ ग्वानले उत्तर कोरियासँग वार्ता जारी राख्न अमेरिकाले सत्रुतापुर्ण नितिहरु रद्द गुर्न पर्छ भन्ने किम सरकारको मान्यता रहेको बताए । गत बर्ष जुन देखि उत्तर कोरिया र अमेरिका बीच तीन शिखर सम्मेलन भइसकेको र अन्य बैठकहरु पनि भइसकेको कारियाली सेन्ट्र्ल न्युज एजेन्सीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्