गोटाबायाद्वारा श्रीलंकाली राष्टपति पदको सपथग्रहण



कोलोम्बो (एजेन्सी)।

श्रीलंकामा गृहयुद्ध ताका विवादास्पद रक्षा सचिव रहेका गोटाबाया राजपक्षेले देशको नयाँ राष्ट्रपतिका रुपमा अनुराधापुरको रुवानवेली सेयामा सपथ लिए । नवनिर्वाचित राष्ट्रपतिले जय श्री महाबोधीमा पुजा तथा प्रार्थना गरेका थिए ।

सपथ ग्रहण गर्नु अगाडी एक ट्विटमा राजपक्षेले भने– जित्नका लागि प्रयास गर्नु भन्दा जितलाई कायम राख्नु महत्वपुर्ण हो ।राजपक्षेका दाजु महिन्दा राजपक्षे पनि उक्त सपथ ग्रहण समारोहमा उपस्थिति थिए ।

महिन्दा राजपक्षे सन् २००५ देखि २०१५ सम्म देशको राष्ट्रपति रहेका थिए । समारोहमा पुर्व मन्त्री बासिल राजपक्षे र ठुलो संख्यामा अन्य सांसदहरु सहभागी भएका थिए ।

चुनाव आयोगले आइतबार परिणाम जारी गर्दै ७० बर्षिय गोटाबाया राजपक्षेले ५२ बर्षिय प्रेमदासालाई १३ लाखको मतको अग्रताले पराजित गरेको घोषणा गरेको थियो ।

राजपक्षेले ५२ दशमलव २५ प्रतिशत अर्थात ६९ लाख २४ हजार २ सय ५५ मत हासिल गरेका छन भने प्रेमदासाले ४१ दशमलव ९९ प्रतिशत अर्थात ५५ लाख ६४ हजार २ सय ३९ मत प्राप्त गरेका छन् ।

अन्य उम्मेदवारले ५ दशमलव ७६ प्रतिशत मत हासिल गरेको चुनाव आयोगले जनाएको छ । चुनावमा करिब ८३ दशमलव ७३ प्रतिशत मतदान भएको महिन्दा देशप्रियले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्