कलाकर्मी र पत्रकारलाई जापानमा सम्मान गरिँदै



संगीत र फिल्मका विभिन्न विधामा जापानको टोकियोमा हुने सूर्य इन्टरनेसनल अवार्ड २०१९ मा सम्मान गरिने कलाकर्मी र पत्रकारको नाम सार्वजनिक गरिएको छ।

आगामी नोभेम्बर २४ मा नाकानो जिरो हलमा हुने अवार्ड समारोहमा हास्यव्यंग्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सूर्य रत्न सम्मानबाट सम्मानित गरिने भएको छ भने फिल्मकर्मी नीर शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ।

त्यसैगरी अभिनेता क्याप्टेन विजय लामालाई कलाकारिता सम्मान प्रदान गरिने भएको छ भने पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुवेदीलाई नगद २५ हजार रुपियाँसहित पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। अवार्ड समारोहमा नेपालबाट ५० बढी कलाकर्मी सहभागी हुने आयोजकले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्