नेपाली चेलीलाई सिंगापुरमा उपउपाधि



सिंगापुरमा भएको सौन्दर्य प्रतियोगितामा नेपाली चेलीले उपउपाधि चुमेका छन्।विवाहित महिलाहरूबीच सिंगापुरमा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस इन्टरनेसनल २०१९ मा नेपालको तर्पmबाट प्रनिधित्व गरेका सहभागीले उपउपाधि चुमेका हुन्।

टीकेएस एन्ड सन्स, सिंगापुरको आयोजनामा हालै आर्किड कन्ट्री क्लबमा आयोजित मिसेस इन्टरनेसल २०१९ मा रिवन इन्टरटेनमेन्टद्वारा केहीअघि राजधानीमा आयोजित मिसेस नेपाल इन्टरनेसनल २०१९ की सेकेन्ड रनर्सअप स्नेहा राउत थापाले नेपालको प्रतिनिधित्व गरेकी थिइन्।

मिसेस इन्टरनेसनल नेपाल २०१९ की विजेता भाविषा कोइराला चटौतको सवारी दुर्घटनामा परी खुट्टाको मासु च्यातिएकाले यस वर्ष उनी यो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नसक्ने भएपछि रिवन इन्टरटेनमेन्टले सेकन्ड रनर्सअप स्नेहालाई नेपालबाट सहभागी गराएको हो।

त्यसै गरी रिवन इन्टरटेनमेन्टकै पहलमा दक्ष इन्टरटेनमेन्टद्वारा आयोजित मिसेस व्युटीफुल नेपाल २०१८ की विजेता संगीता न्यौपानेलाई सो प्रतियोगिताअन्र्तगतको एमएस इन्टरनेसनलमा नेपालका तर्पmबाट प्रतिनिधित्व गराइएको थियो।

सिंगापुरको सो प्रतियोगितामा स्नेहाले वेस्ट पोर्टफोलियो अचिभमेन्ट, इन्टरनेसलन टुरिजम एम्बेस्डर र सुपरमोडलको उपउपाधि चुमेकी छिन्। त्यसै गरी संगीताले मिसेस इन्टरनेसनल एलिगेन्स व्युटीको उपउपाधिलाई आप्mनो बनाएकी छिन्।

कोरियोग्राफर अश्विनी झा र मिसेस नेपाल २०१९ का इभेन्ट निर्देशक निशु झाको नेतृत्वमा सिंगापुर पुगेका स्नेहा र संगीता दुबैजना हालै काठमाडौं फर्केका छन्। आयोजक निशु झाका अनुसार प्रतियोगिता ९ दिनसम्म चलेको थियो।

प्रतियोगिताका क्रममा विभिन्न देशबाट सहभागी विजयीहरूलाई सिंगापुरका साथमा मलेसिया र इन्डोनेसियका विभिन्न पर्यटकीय स्थलको भ्रमणसमेत गराएको थियो।प्रतियोगितामा लाटभियाकी ओल्गा एन्ड्रीले मिसेस इन्टरनेसनल २०१९ को उपाधि चुमेकी थिइन् भने मलेसियाकी प्रेभिता राजा मिसेस एसिया प्यासिफिक भएकी थिइन्।

उनलाई अघिल्लो वर्षकी मिसेस एसिया प्यासिफिक इन्टरनेसनल २०१८ विजेता चन्दा थापा गिरीले ताज पहिराइ दिएकी थिइन्। चन्दाले मिसेस नेपाल इन्टरनेसनल २०१८ भएवापत सो गत वर्षको प्रतियोगितामा स्पर्धा गर्दै मिसेस एसिया प्यासिफिक इन्टरनेसनल २०१८ को उपाधि चुमेकी थिइन्। गिरीले पे्रmन्डली इन्टरनेसनल उपउपाधि पनि चुमेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्