सरकारी कर्मचारीसहित नौ जोडी होटलबाट पक्राउ



न्युज अफ नेपाल, बारा ।

बाराको सिमराबाट प्रहरीले नौ जोडीलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले शनिबार दिउँसो जीतपुर सिमरा उपमहानगरपालिका–१ सिमरा बजारस्थित विभिन्न होटल तथा लजमा छापा हान्ने क्रममा उनीहरु पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा निजगढ, बुटवललगायत विभिन्न स्थानका सरकारी कर्मचारीसमेत रहेको प्रहरीले जानकारी दिएको छ ।

सिमराको दीप, गोर्खाज, झापाली, नमस्ते, रोजी होटलबाट आपत्तिजनक अवस्थामा नौ जोडीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

उनीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा ‘अभद्र व्यवहार’ शीर्षक मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
तर भ्रमण वर्ष २०२० नजिकिनै लाग्दा प्रहरीले चालेको यस्तो कदमबाट होटल व्यवसायी भने असन्तुष्ट छन् ।

होटलमा दिउँसै छापामारी गरेर मानिस नियन्त्रणमा लिएर जाँदा बाहिर नराम्रो सन्देश जाने भएकोले पर्यटन प्रवर्द्धनमा समेत असर पर्ने उनीहरुको ठम्याइ छ । सिमराका होटल व्यवसायीहरु प्रहरीले चालेको कदमका बारेमा समिक्षा गर्न बैठक बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्