नेविसंघका विद्यार्थीमाथि प्रहरीको हस्तक्षेप



न्युज अफ नेपाल, काठमाडौं ।

सीमा अतिक्रमणको विरोधमा लैनचौरस्थित भारतीय दूतावास अगाडि नेविसंघले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । कालो ब्यानर र राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएका सयौं कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको हो ।

लिम्पियाधुरासहितको नेपाली नक्सा र अंग्रेजीमा ‘मोदी हेर, यो हो नेपालको नक्सा’ लेखिएको कालो ब्यानर उनीहरुले बेलुन राखेर उडाएका थिए ।
भारतले हालै सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानीलगायतका नेपाली भूमिलाई आफ्नो क्षेत्रमा पारेपछि देशभर विरोध प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्