महिला उद्यमी भेला हुने



काठमाडौं, (नेस)।
ग्रामीण तथा शहरी महिला उद्यमीलाई एउटै थलोमा उपस्थित गराउने उद्देश्यका साथ मंसिर ३ र ४ गते काठमाडांैमा बृहत् महिला उद्यमी भेला हुने भएको छ।

महिला उद्यमी महासंघ नेपालको आयोजना हुने भेलामा नेपालमा महिला उद्यमीहरूले गरेका व्यवसाय तथा तिनीहरूको एकताका विषयमा छलफल हुने महासंघकी अध्यक्ष शारदा रिजालले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो–‘देश विकासको निम्ति महिलाको सहभागिता अपरिहार्य छ भन्ने सन्देश दिन पनि हामीले पहिलो चरणमा कम्तीमा पनि एक हजार महिला सहभागी हुनपर्छ भनेर भनेका हौं।’ भेला दुई दिनसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्