सरिफलाई उपचारार्थ विदेशयात्रा जान अनुमति



लाहौर, (एजेन्सी)।

पाकिस्तानमा इमरान खान सरकारको दाबी खारेज गर्दै लाहौर उच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफको नाम उडान प्रतिबन्ध सूचीबाट हटाउन अनुमति दिएको छ। इमरान सरकारले नवाज सरिफको विदेश यात्रालाई लिएर कयौं अड्चन राख्ने प्रयास भइरहेको थियो।

सरकारले नवाजका भाइ शहबाज सरिफको याचिकाको विरोध गरेको थियो। अदालतले यदि पूर्वप्रधानमन्त्री आफ्नो उपचारका लागि विदेश जान चाहन्छन् भने अदालतले त्यसका लागि अनुमति दिने निर्णय गरेको फैसला दिएको छ।

अदालतले इमरान सरकारसमक्ष एग्जिट कन्ट्रोल लिस्टबाट नवाज सरिफको नाम हटाउन सर्त राख्ने जनादेश पाएको हो, भन्ने प्रश्न राखेको थियो। पीएमएलएन अध्यक्ष सहबाज सरिफले सरकारबाट फोहोरी राजनीति गरिरहेको आरोप लगाएका छन्।

इमरानका एक मन्त्रीले नवाज सरिफलाई विदेश जाने अनुमति मात्र एक पटकलाई दिइने र चार हप्ताभित्र उनले फिर्ता हुनुपर्ने बताएका थिए। यसको बदलामा सरकारले नवाज सरिफको परिवारसँग ७ अर्ब ५० करोड पाकिस्तानी रुपियाँ जमानत बुझाउनुपर्ने सर्त राखेको थियो।

नवाज सरिफ कयौं हप्तादेखि बिरामी भइरहेको र उनी भ्रष्टाचारको आरोपमा लाहौरको कोट लखपत जेलमा सात वर्षका लागि कैद सजाय काटिरहेका छन्।
गतमहिना उनको सरीरमा प्लेटलेट घटेपछि उनलाई लाहौरको अस्पतालमा भर्ना गरिएको थियो।

धेरै प्रयासपछि उनको प्लेटलेट स्तरमा सुधार भएको तर शरीरको कयौं अङ्ग रोगग्रस्त रहेको बताइएको छ। गत आइतबार उपचारका लागि इग्ल्यान्ड जाने तयारी रहेको तर प्रतिबन्ध सूचीबाट नाम नहटेपछि उक्त यात्रा रद्द गर्नुपरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्