चीन, भारत र रुसको फोहोर लस एन्जलसमा थुप्रिने गरेको ट्रम्पको गुनासो



वासिङ्टन, (एजेन्सी)।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत, चीन र रुसको फोहोर लस एन्जलससम्म पुगेको बताएका छन्। ती देशको प्रदूषणप्रतिको सोचलाई लिएर आलोचना गर्दै ट्रम्पले उक्त आरोप लगाएका हुन्। ट्रम्पले प्रदूषणलाई लिएर भारतलाई निसाना बनाएको यो दोस्रो पटक हो। भारतको कयौं हिस्सामा वायुको गुणस्तर सूचकांक खतरनाकस्तरमा पुगेको छ।

इकोनोमिक क्ल्ब अफ न्युयोर्कमा एक भेलालाई सम्बोधन गर्दै ट्रम्पले भने– ‘भारत, चीन र रुसका फोहोर बग्दै लस एन्जलससम्म पुगिरहेको छ। तपाईंलाई थाहा होला यहाँ एक समस्या छ।’ तुलनात्मकरूपमा हामीसँग जमिनको एक सानो टुक्रा छ। यदि चीन, रुस र भारतजस्ता देशसँग तुलना गर्ने हो भने यिनीहरू सफाइ तथा धूवाँ रोक्न केही गरेरहेका छैनन्।

यिनीहरू आफ्ना फोहोर समुद्रमा हालिरहेका छन् र त्यो बग्दै लस एन्जलससम्म पुगिरहेको छ।अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त प्रसंग प्यासिफिक गार्बेज प्याच अर्थात् जीपीजीपीको सन्दर्भमा उठाएका हुन्। यसलाई प्यासिफिक ट्रयास वोर्टेक्स पनि भन्ने गरिएको छ।

पानीजहाजसँगै बग्ने क्रममा ती फोहोर समुद्र हुँदै हवाई र क्यालिफोर्नियासम्म पुग्छन्। यसमा प्लास्टिक, रसायनका अवशेषलगायत अन्य फोहोरहरू पर्दछन्। तर केही विश्लेषकका अनुसार यी फोहोर चीन, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड र फिलिपिन्सबाट पुग्ने गर्छन्, किनभने जीपीजीपीको प्राथमिक स्रोत भारत होइन।

ट्रम्पले सम्बोधनमा अमेरिकालाई जमिनको सानो टुक्रा भनेका थिए तर यो विश्वको चौथो सबैभन्दा ठूलो देश हो र भारतभन्दा चार गुणा ठूलो छ। उनले अमेरिकाको तुलनामा भारत, चीन र रुस धेरै विशाल देश भएको बताएका थिए।

ट्रम्पले यसै वर्षको जुनमा पनि भारतको प्रदूषणलाई लिएर कडा टिप्पणी गरेका थिए। त्यतिबेला ट्रम्पले भनेका थिए– भारत, रुस र चीनजस्ता देशमा राम्रो हावा र पानी पनि छैन। विश्वको पर्यावरणलाई लिएर यी देश आफ्नो जिम्मेवारी निभाउँदैनन् नत यी देशसँग यो जिम्मेवारीको बोध नै छ। यी देशसँग प्रदूषण र सफाइ सम्बन्धमा कुनै सोच छैन।

बेलायतको एक च्यानल आइटीभीलाई दिएको अन्तर्वार्तामा ट्रम्पले उक्त कुरा बताएका थिए। ट्रम्पले भनेका थिए– ‘अमेरिका विश्वकै सबैभन्दा स्वच्छ देश मध्येको एक हो। यो कुरा आंकडाबाट प्रमाणित भएको छ। स्थिति अझ राम्रो भइरहेको छ।’ भारत, चीन र रुसजस्ता देशलाई स्वच्छता र प्रदूषणको सुझबुझ नै छैन।

भारतसहित कयौं देशमा राम्रो हावा र पानी पनि नभएको उनले बताए। शहरको नाम उल्लेख नगरिकन ती शहरमा मानिसले स्वास लिन पनि नसक्ने ट्रम्पले बताए।जलवायु परिवर्तन एक जटिल मुद्दा भएको र कसैले विश्वास गरेपनि नगरेपनि कयौं मामिलामा आफु एक पर्यावरणविद भएको ट्रम्पले बताए।

उनले भने– ‘म यो ग्रहमा सबैभन्दा स्वच्छ हावा र पानी चाहन्छु। पेरिस जलवायु सम्झौता एक पक्षिय, भयानक र आर्थिक रुपमा अनुचित थियो।’ त्यसैले अमेरिका त्यसबाट अलग भयो।यसले अमेरिकी रोजगारको हत्या भयो।

विदेशी प्रदूषकलाई बचाउने काम भयो। त्यसैले मैले भने, ‘आफनो ब्यापार तीन वर्षभित्र बन्द गर्छु। कुनै प्रकारको सहमति नगर। हामीलाई उर्जा चाहिएको छैन। यो सम्झौता अमेरिकाका लागि एक संकट थियो। यसमा अमेरिकालाई १०औं खर्ब नोक्सान हुन्थ्यो।’

प्रतिक्रिया दिनुहोस्