रेडक्रसको मस्यौदा गृह मन्त्रालयमा पेस



काठमाडौं, (नेस)।
नेपाल रेडक्रसको कानुनी आधार सुदृढीकरण गर्न छुट्टै कानुनी व्यवस्थाका लागि नेपाल रेडक्रसले स्पष्ट पहल गरेको छ। नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले शुक्रबार गृह मन्त्रालयका सचिव प्रेमकुमार राईलाई संंस्थाका तर्फबाट एक मस्यौदा हस्तान्तरण गर्नुभयो।
मस्यौदामा नेपाल रेडक्रसका लागि बन्ने कानुनमा हुनुपर्ने व्यवस्थाहरू प्रस्ताव गरिएको छ। यो मस्यौदा तयार गर्दा नेरेसोले आफ्ना प्रदेश तथा जिल्ला शाखाका साथै नेपालस्थित रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी (आईएफआरसी) र जेनेभास्थित संयुक्त आयोग (ज्वाइन्ट कमिसन)को परामर्श र सुझाव लिइएको रेडक्रसले जनाएको थियो।
सचिव राईले रेडक्रसबाट पेस भएको मस्यौदाको अध्ययन गरी यथाशीघ्र रेडक्रस कानुन ल्याउन सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले रेडक्रस र यसका गतिविधिका बारेमा सो अवसरमा जानकारी गराउनुभएको थियो

प्रतिक्रिया दिनुहोस्