नक्कली सुनसहित दुई पक्राउ



न्युज अफ नेपाल, हेटौंडा ।

बिहीबार दिउँसो करिब १ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–१ स्थित त्रिभुवन राजपथ सडकखण्डमा भैंसेबाट हेटौंडा आउँदै गरेको बा. ९३ प ९०६ नम्बर पल्सर मोटरसाइकल रोकी चेक ग¥यो ।

चेक गर्दा मोटरसाइकल चालक दोलखाको जिरी नगरपालिका–३ बस्ने वर्ष ४७ का ध्यालसिंह शेर्पा र सोही मोटरसाइकलको पछाडि बसेका मकवानपुरको राक्सिराङ गाउँपालिका–४ बस्ने अभयकुमार थिङलाई पक्राउ गरियो ।

उनीहरुलाई चेक गर्दा शेर्पाको साथबाट सुसी १ किलो फाइन गोल्ड ९९९ सी ०२२६६६५० लेखिएको सुनजस्तो देखिने पहेंलो रंगको चारपाटे आकारको नक्कली सुन फेला परेको थियो । उनीहरुलाई नक्कली सुन, मोटरसाइकलसहित नियन्त्रणमा लिएर ठगी मुद्धामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि हेटौंडा उपमहानगरका विभिन्न स्थानमा विभिन्न मितिमा नक्कली सुन देखाएर नगदसहित गरगहना ठगी गर्ने घटना भएकोमा ती घटनासमेतमा उनीहरुको संलग्नता हुनसक्ने देखिएकोले थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख मुकेशकुमार सिंहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्