राष्ट्रिय वाणिज्य बैंकद्वारा अनुदान



नेपाल समाचारपत्र, काठमाडौं।

राष्ट्रिय वाणिज्य बैंकले शिवम् सिमेन्ट लिमिटेडलाई एक करोड अनुदान रकम हस्तान्तरण गरेको छ। बिहीबार एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शिवम सिमेन्टका महाप्रबन्धक नवलकिशोर चौधरीलाई चेक हस्तान्तरण गर्नुभएको थियो।

मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेकाले एक करोड बराबरको चेक हस्तान्तरण गरेको हो।जर्मन सरकारको सहयोगमा संचालित इनर्जी इफिसेन्सी प्रोगाम नेपाल को अनुदान सहयोग कार्यक्रम अन्र्तगत शिबम्लाई अनुदान दिइएको बैंकले जनाएको छ।

नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१० मा नेपालको औद्योगिक तथा ब्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले कार्यक्रम आयोजना कार्यन्वयनको लागि प्रोजेक्ट एक्स्क्युटिङ एजेन्सीको रुपमा सहायता सम्बन्धि कार्य गर्ने गरेको छ।

यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरूलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्