एभरेष्ट बैंकको नाफा ६९ करोड ८ लाख



चालू आवको तीन महिनामा एभरेष्ट बैंकले ६९ करोड ८ लाख नाफा कमाएको छ। यो नाफा गत आवको सोही अवधिको तुलनामा ९ प्रतिशतले वृद्धि भएको हो। सो अवधिमा बैंकले ६३ करोड ३३ लाख नाफा कमाएको थियो।

बैंकको चुक्तापुँजी ८ अर्ब १० करोड छ। रिजर्भ कोषमा ६ अर्ब ९६ करोड छुट्याएको छ। बैंैकको शेयर प्रिमियम २३ करोड ८४ लाख छ भने शेयरधनी कोषमा ३ अर्ब १ करोड छ। बैंकले यस वर्ष शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्। चालू आवको तीन महिनामा बैंकले १ खर्ब ३४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ९ अर्ब कर्जा प्रवाह गरेको छ।

प्रतिक्रिया दिनुहोस्