अस्पताललाई बीस लाखका उपकरण



पर्वत, (नेस) । 

पर्वत जिल्ला अस्पतालमा बच्चाको विशेष उपचार कक्ष स्थापना गर्नका लागि २० लाख मुल्य बराबरका सामग्री सहयोग गरिएको छ। लायन्स क्लब अफ शिवालय कुश्मा पर्वतको संयोजनमा इटालीको रिजन टेन्ट्रिनो अल्टो एडिजको आर्थिक सहयोगमा एएनटी परियोजनामार्फत उपचारका उपकरण सहयोग गरिएको हो।

अस्पतालमा बच्चाको विशेष उपचार कक्षका लागि आवश्यक सामान उपलब्ध गराउने गरी लायन्स क्लब अफ शिवालय र पर्वत अस्पतालका बीचमा सम्झौता भएको छ। क्लबले २० लाख मूल्यका सामानहरू पर्वत अस्पतालका अध्यक्ष गोविन्द पहाडीलाई हस्तान्तरण गरेको छ।

नयाँ अत्याधुनिक मेसिन उपकरण जडान भएपछि पर्वत अस्पतालमा जन्मिने बच्चाहरूले विशेष उपचार सेवा पाउने वातावरण बनेको अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो।

‘पर्वत अस्पताललाई उपचार गर्न जान लायक अस्पताल बनाउने हाम्रो अभियानमा यो एउटा महŒवपूर्ण सहयोग पुगेको छ।’ उहाँले भन्नुभयो ‘अस्पताललाई सबै बिरामीले विश्वास गर्ने वातावरण बन्दै गएको छ, सुधारका प्रयासहरू जारी रहनेछन।’

सम्झौता कार्यक्रममा लायन्स क्लब अफ शिवालय कुश्मा पर्वतका अध्यक्ष डीआर शर्माले बच्चाको उपचारमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्