गायक बने सलोन र आमेश



नायकद्वय सलोन बस्नेत र आमेश भण्डारी गायक बनेका छन्। बस्नेत र भण्डारी मेरो लागि तिमी बोलको गीत गाउँदै गायकका रूपमा अगाडि आएका हुन्।
यो गीतमाथि म्युजिक भिडियो पनि बनाइएको छ। जसमा सलोन र आमेशले नै अभिनय गरेका छन्।

गीतको शब्दसमेत उनीहरूले नै लेखेका छन्। भने संगीत रोमन वज्राचार्यले भरेका छन्। हालै सार्वजनिक गीतले युवतीप्रतिको आकर्षण दर्शाउँछ। गीतको भिडियोलाई सुशिलबाबु क्षेत्रीले निर्देशन गरेका छन् भने दिप्सन शाहको सम्पादन रहेको छ।

गीतसंगीतको आफ्नो सौख पुरा गर्न बेलाबेला आफूले गीत गाउने गरेको नायक बस्नेतले बताए। ‘अभिनय र गायन दुवैमा मेरो लगाव छ। अभिनयमा अलिक बढी नै समय दिनुपरेकाले गायनमा खासै आउन सकेको थिइनँ, अब भने केही गीत लेख्ने तथा गाउने योजना बनाइरहेको छु’ –सलानेलले सुनाए।

नायक भण्डारीले भने गीत संगीतमा आफ्नो क्षमता छ जस्तो लागेर कहिलेकाहीँ गीत गाउने गरेको बताए। ‘अब भने निरन्तर गीतसंगीतमा लाग्ने योजना छ। सोही कारण पनि नयाँ यू–ट्युब च्यानलसमेत शुरू गरेका छौँ’ –भण्डारीले बताए।

प्रतिक्रिया दिनुहोस्