उपमेयर पराजुलीको गीत सार्वजनिक



बेलबारी नगरपालिका, मोरङकी उपप्रमुख तारा पराजुलीद्वारा लिखित आधुनिक गीत कुन गीत गाऊँ, कुन धुन बजाऊँको म्युजिक भिडियो सार्वजनिक भएको छ।नायिक सञ्चिता लुइँटेल र नायक नारायण डिसी अभिनित भिडियो बूढासुब्बा डिजिटल प्रालिको युटुब च्यानलबाट सार्वजनिक भएको हो।

अर्को राजमार्ग कविता कृतिकी स्रष्टा कवि उपप्रमुख पराजुलीको प्रेमप्रधान गीतमा भीम बिसीले संगीत भरेका छन् भने संगीत संयोजन महाराज थापाको रहेको छ।

गायिका सरु गौतमको स्वरको गीतको भिडियो निर्देशन नारायण डिसी स्वयंले गरेका छन्। प्रेम कटवालको प्रस्तुति रहेको भिडियो उत्सव दाहालले छायांकन र माधव बेल्बासेले सम्पादन गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्