सीमा अतिक्रमणविरुद्ध कविहरूको गर्जन



अतिक्रमित भूभागबाट भारत तत्काल फिर्ता जानुपर्ने धारणा कविहरूले राखेका छन्। मानव अधिकार तथा शान्ति समाजको आयोजनामा काठमाडंैमा सम्पन्न कार्यक्रममा कवितामार्फत उनीहरूले यस्तो धारणा राखेका हुन्।

८५औं शान्ति काव्य प्रवाहमा कविहरूले भारतले गरेको नेपाली भूभाग अतिक्रमणको तीव्र विरोध गरेका छन्। नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीमा अतिक्रमण गरेर भारतले विश्वासघात गरेको भन्दै कविहरू समवेत स्वरमा गर्जिए– ‘अतिक्रमित भूभागबाट भारत तत्काल फिर्ता जानुपर्छ।’

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका सन्दर्भमा कविहरूले महाकवि देवकोटाप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेका थिए। काव्य प्रवाहमा कवि अतृप्त पाण्डेद्वारा लिखित मेरो सम्झनामा नामक कृतिको शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले लोकार्पण गर्नुभएको थियो।

शान्ति समाज केन्द्रीय सदस्य सरस्वती ढकालले सभापतित्व गर्नुभएको काव्य प्रवाहमा कविहरू ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, डा. जीवन अधिकारी, रत्ननिधि रेग्मी, डा. बमबहादुर थापा जिताली, मदन कार्की, भाग्यशाली अधिकारी, ऋचा, दुर्गा वनवासी, पुनम घिमिरे, विमला दाहाल, गंगा कर्माचार्य, त्रिभुवनचन्द्र वाग्ले, प्रकाशमणि दाहाल, राजेन्द्रप्रसाद ढुंगाना, अतृप्त पाण्डेय, जसध्वज गुरुङलगायतले कविहरूले कविता वाचन गर्नुभएको थियो।

त्यसैगरी विजयध्वज थापा, मुकुन्द पौडेल, दुर्गाकिरण तिवारी, उर्मिला पन्त पाण्डेय, त्रिपुरा पौडेल, कुसुम शर्मा, रश्मि रिमाल, रुद्र अधिकारी, भुवन शिवाकोटी, विजयराज न्यौपाने, अशोक घिमिरे, डिल्लीप्रसाद मूलतिहुन, रवीन्द्र आशिष शैली, गगनदीप सर्व, निर्मल पराजुली, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, रवीन्द्र ढुंगेल, टेकबहादुर लौडारी र कृष्ण पहाडीसहित ३८ जना कविहरूले कविता वाचन गर्नुभएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्