मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस



उजोल डंगोल, काठमाडौँ ।

च्याम्पियनसीपमा कृष्ण थापा च्याम्पियन बनेका छन् । १५ देशका कुल ८४ खेलाडी सहभागि प्रतियोगिता काठमाडौंमा सम्पन्न भएको हो । नेपाल बुद्धीचाल संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको थियो ।

प्रतियोगिताको उपाधि विजेताले १ हजार ५ सय, उपविजयीले १ हजार तथा तेश्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् । यसैगरी, चौथो र पाचौले ५ सय,छैठौले ४ सय तथा सातौले ३ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् ।

आठौ देखि दशौ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाउने छन् । प्रतियोगिता स्वीस लिगको आधारमा नौ चरणको भएको थियो ।

तस्वीरः उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्