आलमको बहस लम्बियो



संजय कार्की, रौतहट ।

चर्चामा रहेको मोहम्मद अफताब आलमको पक्षधरको बहसको कारण थुनछेकको आदेश अझै हुन सकेको छैन । रौतहटको बम बिस्फोट घटनाका आरोपी निलम्बित प्रतिनिधि सभा सदस्य आलम पक्षधरको बहसको कारण थुनछेकको आदेश अझै हुन नसक्दा अझै लम्बिएको हो ।

बिहीबार मात्रै ६ जना कानुन ब्यबसायीले आलमको बचाउको पक्षमा बहस गरेका छन । बिहीबार मात्रै प्रतिबादी बनाइएका मोहम्मद अफताब आलमको पक्षममा ६ जना कानुन ब्यबसायीले बहस गरेका हुन ।

अधिवक्ता हरीशंकर साह, अन्नत अधिकारी, राम विनोद गिरी, मजरुर हक, अफताब आलम, नन्दकिशोर कसुरको बरदात नहुने भएकाले साधारण थारेखमा पुर्पक्षको आदेश हुनु पर्ने बहुस गरेका हुन ।

आठ दिन देखी थुनछेकको बहस जारी रहेको छ । प्रतिवादी निलम्बित प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलमको पक्षका कानुन व्यवसायीको बहस टुंगिएपछि जाहेरवाला र सरकारी वकिलले प्रतिबहस गर्ने भएका छन ।

थुनछेक बहस टुंगिएपछि जिल्ला अदालत गौरले निलम्बित प्रतिनिधि सभा सदस्य आलमविरुद्ध परेको मुद्दामा थुनामा राखी पूर्पक्ष गर्ने, धरौटीमा छाड्ने वा साधारण तारिखमा छाड्ने भन्ने आदेश हुन सक्ने छ जिल्ला अदालत गौरमा न्यायधिश दिपक ढकालको ईजलासमा आलमको थुनछेक बहस भैरहेको छ ।

१२ बर्ष अघिको घटना लाई लिएर प्ररही र सरकारी वकिल खडिन्द्र राज कटुवालको अभियोजन पत्रले आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेका छन । आलम पक्राउ परेका छन भने बाँकी आरोपी १० जना भने फरार रहेका छन् ।

आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटन गरी ३ वटा मुद्दा दायर गरिएपनि मिसिलको प्रमाणले भने घटनामा आलमको संलग्नता नदेखिने आलम पक्षधर कानुन ब्यबसायीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्