के तपाईं रातभरि मोबाइल चलाउनुहुन्छ, ध्यान दिनुहोस यस्तोसम्म हुनसक्छ



रातभरि मोबाइल फोनमा गेम खेल्दा एक जनाको एउटा आँखाको दृष्टि गुमेको छ ।

चिनका एक व्यक्ति उनले रातभरि मोबाइल फोनमा गेम खेल्ने बानी पारेपछि एउटा आँखाको दृष्टि गुमेको अस्पतालले जनाएको छ ।

ती व्यक्तिले सानो स्क्रीनमा नसुती रातरातभरि मोबाइल हेरेर बिहान उठ्दा देब्रे आँखाले हेर्न नसकेको चिकित्सकहरूले बताए ।

ती व्यक्तिको रेटिनामा रहेको रक्तनली फुटेपछि आँखामा रक्तश्राव भएको चिकित्सकहरूले बताए ।

यस्तो रोग बढी शारीरिक श्रम पर्दा हुन्छ । जसलाई ‘भाल्साल्भा रेटिनोप्याथी‘ भनिन्छ ।

यो रोग भएकाहरूले धमिलो देख्ने, आंशिक दृष्टि गुमाउने वा पूरै दृष्टि गुमाउने समस्या पनी आउँछ ।

व्यक्तिले रातभरि खेलेर पनि नपुगेपछि बिहान खेल्न खोजेको पाँच मिनेटमै दृष्टि गुमाउन पुगेका उनको नाम नखुलाइएको छैन ।

उनले आफैं देख्न नसकेपछि शेनझेन सोङगाङ अस्पताल लगिएको थियो ।

चिकित्सकहरूले उनलाई लेजर सर्जरी गरेका छन् र एक महिनाभित्र उनी ठीक हुने अपेक्षा गरेका छन् ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्