मनोनयन सम्पन्न



सुनील महर्जन, काठमाडौं।

स्थानीय तहको उपनिर्वाचनका लागि बुधबार उम्मेदवार मनोनयन कार्यक्रम शान्तिपूर्णमा रूपमा सम्पन्न भएको छ।निर्वाचन आयोगले तोकेको निर्वाचन कार्यतालिकाअनुसार स्थानीय तहको उम्मेदवारहरूको मनोनयन दर्ता बुधबारदेखि शुरू भएको हो।

आयोगका अनुसार स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख–१, गाउँपालिकाका अध्यक्ष–३, गाउँपालिकाका उपाध्यक्ष–१ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष–४३ गरी जम्मा ४८ पदका लागि कुल २ सय ८१ जनाको मनोनयन पत्र दर्ता भएको आयोगले जनाएको छ।

यसमध्ये राजनीतिक दलका उम्मेदवार २ सय १७ जना र स्वतन्त्र उम्मेदवार ६४ जना रहेका छन्। मनोनय पत्र दर्ता गर्ने महिला उम्मेदवारको संख्या २६ रहेको छ।

स्थानीय तहका सदस्यको उपनिर्वाचनका लागि गत कात्तिक २० गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो। यही मंसिर १४ गते प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ र स्थानीय तहका प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडाअध्यक्ष–४३ समेत ३७ जिल्लाका ५२ स्थानहरूमा निर्वाचन हुनेछ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको हकमा उम्मेदवारको मनोनयनदेखि निर्वाचन चिन्ह प्रदान गर्ने मंगलबार सम्पन्न भएको थियो।२८ गते बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २९ गते बिहान ११ बजेदेखि दिउँसो १.३० बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने कार्यक्रम छ।

यसैगरी २९ गते दिउँसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, ३० गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, ३० गते दिउँसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मिति मंसिर १ गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो।

 

 

प्रतिक्रिया दिनुहोस्