नेपाल एसियन भलिबलको फाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं।

आयोजक बंगलादेशलाई सिधा सेटमा हराएर नेपालले ढाकामा जारी प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ।

मंगलबारको खेलमा एकोहोरो जित हात पार्ने क्रममा नेपालले बंगलादेशलाई २५–७, २५–६, २५–६ को तीनमा सेटमा हराएको हो। योसँगै नेपालले एक खेल खेल्न अगावै फाइनलमा स्थान बनायो। नेपालले बिहीबार हुने फाइनलमा माल्दिभ्ससँग खेल्नेछ।

अंक तालिकामा नेपाल ९ अंकसहित शीर्ष स्थानमा रहेको छ भने माल्दिभ्सको ८ अंक छ। यी दुवै टोलीबीच आज हुने लिग खेलबाट शीर्ष टोलीको टुंगो लाग्नेछ। सहभागी अन्य टोलीमा किर्गिस्तानको ४ अंक र बंगलादेशको ३ अंक छ भने अफगानिस्तानले कुनै अंक जोड्न सकेन।

प्रतिक्रिया दिनुहोस्