दुई रेल ठोक्किए्



ढाका, (एजेन्सी)।

बंगलादेशको ब्राह्मनबरिया जिलामा मंगलबार २ रेल एक आपसमा ठोक्किँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ। दुर्घटनामा ६० भन्दा धेरै घाइते भएका छन्।

सिलहटबाट चटगाउँगइरहेको उद्यान एक्सप्रेसको ट्रेन र ढाकातर्फ गइरहेको तुर्ना निशिता रेल मन्दोबाग स्टेसनमा स्थानीय समय दिउँसो साढे ३ बजे एक आपसमा ठोक्किएका थिए। दुर्घटनाको कारण सिग्नल पालना नगरेकाले भएको रेल अधिकारीलाई उद्धृत गर्दै ढाका ट्रिब्युनले जनाएको छ।

दुर्घटनाको छानबिन गर्न ३ फरक फरक जाँच समिति गठन गरिएको छ। डेली स्टारका अनुसार उद्यान एक्सप्रेस अखौरा रेलवे जक्सनमा पटरी परिवर्तन गरिरहँदा दुई रेल ठोक्किएका थिए।

 

प्रतिक्रिया दिनुहोस्