इरानमा विशाल तेल भण्डार



तेहरान, (एजेनसी)।

इरानमा तेलको एक विशाल भण्डार फेला परेको छ। उक्त तेल भण्डारमा ५३ अर्ब ब्यारेल तेल रहेको अनुमान गरिएको छ।इरानका राष्ट्रपति हसन रुहानीले उक्त कुराको घोषणा गरेका हुन्।

चौतर्फी आर्थिक प्रतिबन्ध झेलिरहेका इरानका लागि यो सुखद समाचार भएको जनाइएको छ। उक्त तेल क्षेत्र दक्षिण पश्चिम इरानको २ हजार ४ सय वर्ग किलोमिटर इलाकामा फैलिएको छ।

इरानको खुजेस्तान प्रान्त रहेको उक्त इलाका ६५ अर्ब ब्यारेल तेल रहेको इरानको अहवाज तेल क्षेत्रपछिको दोस्रो ठूलो तेल भण्डार भएको राष्ट्रपतिले जानकारी दिए।

तेल निर्यातक देशको संगठन अर्गनाइजेसन अफ द पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिज अर्थात् ओपेको इरान संस्थापक सदस्य देश हो। इरानसँग अहिले नै कुल प्रमाणित तेल भण्डार १ सय ५५ अर्ब ब्यारेल रहेको छ। नयाँखोजपछि इरानको कुल तेल भण्डारमा ३४ प्रतिशतले वृद्धि भएको छ।

अमेरिकाको इन्फर्मेसन एनर्जी एडमिनिस्ट्रेसनका अनुसार इरान विश्वको चौथो सबैभन्दा ठूलो तेल भण्डार भएको देश हो र विश्वको दोस्रो ठूलो ग्यास भण्डार भएको देश हो।

गत महिना इरानले प्राकृतिक ग्यासको नयाँखोजले देशको राजस्वमा ४० अर्ब डलर संकलन हुने घोषणा गरेको थियो। यो खोजल विश्वमा इरानसँग तस्रो सबैभन्दा ठूलो तेल भण्डार हुने रुहानीले बताएका थिए।

नयाँतेल भण्डारको घोषणाका क्रममा रुहानीले अमेरिकाको पनि कडा आलोचना गरे। उनले भने– ‘हामी अमेरिकालाई भन्न चाहन्छौं कि हामी एक धनी देश हौं। तिमी अरूको शत्रुतापूर्ण कठोर प्रतिबन्धका बाबजुद इरानका तेल उद्योग र कामदार तथा इन्जिनियरले नयाँतेल क्षेत्रको खोज गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्