‘प्रेम सरोवर’ सार्वजनिक



नेपाल समाचारपत्र, काठमाडौ।

साहित्यकार दुर्गा काफ्लेको ‘प्रेम सरोवर’ नामक दोस्रो उपन्यास सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ माया ठकुरीले सार्वजनिक गर्नुभएको उक्त उपन्यास सहयात्री दर्पण नेपालले प्रकाशनमा ल्याएको हो।

समारोहमा ठकुरीले उक्त उपन्यासबाट समाज र वस्तुस्थिति झल्काउन मदत पुग्ने बताउनुभयो। कार्यक्रममा सहयात्री दर्पण नेपालका अध्यक्ष तथा प्रेम सरोवरका सम्पादक गोविन्द कँडेल ‘आँशु’ले साहित्यलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा साहित्यकार कृष्ण धरावासी, उपन्यासकार काफ्लेलगायतले बोल्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्