डलर साट्ने निहुमा १० लाख ठगी गरी फरार



काठमाडौं ।

काठमाडौं कलंकी बस्ने सुर्खेत बीरेन्द्रनगर नगरपालिका ७ घर भएका ३६ वर्षीय बिसी थरका पुरुषलाई हाल वतन नखुलेको कमल तामाङ नाम गरेको व्यक्तिले डलर साट्ने भनि उनको साथबाट नगद १० लाख रुपैयाँ लिई सोमबार दिउँसो फरार भएका छन् ।

कागेश्‍वरी मनहरा नगरपालिका. ५ थलीमा डलर साट्न भनि तामाङले पीडितलाई बोलाई डलर नदिई उनको साथमा रहेको उक्त नगद लिई फरार भएको बताइएको छ ।

फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्