कटुवा पेस्तोलसहित एक पक्राउ



न्युज अफ नेपाल, मोरङ ।

बिराटनगर महानगरपालिका १५ स्थितबाट १ थान कटुवा पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही महानगरपलिका ५ बस्ने २५ वर्षीय बिल नरसिंह भन्ने दिपक गुरुङ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पैदल हिड्दै गरेका गुरुङलाई शंका लागि जाँच गर्दा उनको साथबाट उक्त हतियार फेला पारेको हो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्