सागका लागि नेपाली टोलीको घोषणा



नेपाल समाचारपत्र, काठमाडौं।
आगामी मंसिर तेस्रो सातामा नेपालमै हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का पुरुष फुटबलका लागि टोलीको घोषणा सोमबार भएको छ।यु २३ राष्ट्रिय पुरुष फुटबल टोलीका प्रमुख प्रशिक्षक बालगोपाल महर्जनले २० सदस्यीय टोलीको घोषणा गरेका हुन्।
यस्ता अन्तर्राष्ट्रिय खेलकुदअन्तर्गत फुटबल प्रतियोगितामा सिनियरतर्फका ३ खेलाडी राख्ने प्रावधान रहेको छ।
जसअनुसार नेपालको टोलीमा ३ सिनियर खेलाडीमा मिडफिल्डर सुजल श्रेष्ठ, गोलकिपर विकेश कुथु र डिफेन्डर विक्रम लामालाई टोलीमा सामेल गरिएको छ।
नेपाल अघिल्लो संस्करण १२औं साग फुटबलको विजेता हो।
नेपालले विराज महर्जनको कप्तानीमा भारतलाई हराएर स्वर्ण पदक जितेको थियो। यसपटक भने विराजलाई समावेश गरिएको छैन।
उनलाई अनफिट भनेर राष्ट्रिय टोलीमा समेत सम्मिलित गराएको छैन। यस्तै अघिल्लो साग फुटबलका नायक नवयुग श्रेष्ठ पनि यो टोलीमा परेनन्।
नेपाली टोली
गोलकिपर:   विकेश कुथु, अर्पण कार्की र दीप कार्की।
डिफेन्डर:  अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास र छिरिङ गुरुङ।
मिडफिल्डर : सुजल श्रेष्ठ, सुनील बल, मिक्छेन तामाङ, नितिन थापा, सेसेहाङ
आङदेम्बे, नितिन थापा, हेमन्त थापामगर र तेज तामाङ।
फरवार्ड : विमल घर्तीमगर, अभिषेक रिजाल, अन्जन विष्ट र रेजिन सुब्बा।

प्रतिक्रिया दिनुहोस्