सन् २०१९ को अन्त्यसम्म ओपोले फाइभ जी स्मार्टफोन सार्वजनिक गर्ने



ओपोले डुअल मोड फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने योजनाको घोषणा गरेको छ। ओपोका चिफ फाइभ जी साइन्टिस्ट, हेनरी ट्याङले बार्सिलोनामा आयोजित क्वालकम फाइभ जी समिट २०१९ मा गरेको घोषणाअनुसार नयाँ उपकरण, क्वालकमको डुअल मोड फाइभ जीबाट सञ्चारित हुनुका साथै यसले स्ट्याण्डअलोन (एसए) र नन्(स्ट्याण्डअलोन (एनएसए) नेटवर्क दुवै सपोर्ट गर्नेछ।

फाइभजी समिटमा ओपोको प्रतिनिधित्व गर्दै विश्वकै अग्रणी प्राविधिक कम्पनीहरूका एक्जेक्यूटिभ्स र आर एन्ड डी प्रिन्सिपल्सका सामु ट्याङले फाइभजीको हालको अवस्था र भविस्यकाउत्पादन, उपयोगिता र अर्को पुस्ताको कनेक्टिभिटीद्वारा भविष्यमा प्राप्त हुने अदृतीय अनुभव र सम्भावनाका बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए।

निकट भविस्यमा नै फाइभजी स्मार्टफोनको व्यापक प्रयोग हुने आफ्नो विश्वास व्यक्त गर्दै ट्याङले आफ्ना उत्पादनको उपस्थिति र प्रतिस्पर्धात्मक फाइदाप्रति संकेत गरेका थिए।
मे २०१९ मा ओपोले स्विट्जरल्यान्डको टेलिकम कम्पनी स्विसकमसंँग सहकार्य गर्दै स्विस बजारमा ओपो रेनो फाइभजी आधिकारिकरुपमा सार्वजनिक गरेको थियो।

यससंगै यो ह्यान्डसेट ब्यापारिक परियोजनका साथमा युरोपमा उपलब्ध भएको पहिलो फाइभजी ह्यान्डसेट बन्यो। विश्वभर फाइभजीको कमर्सियलाइजेसनमा तीव्रता ल्याउनका लागि ओपो अहिले एक दर्जनभन्दा बढी अपरेटर्ससंँग सक्रियरुपमा सहकार्य गरिरहेको छ।

सन् २०१५मा स्थापित ओपोको फाइभजी आर एन्ड डी समुहले सक्रियरुपमा नेक्स्ट जेनरेसन मोबाइल प्रविधिका लागि मानक स्थापनाका लागि उल्लेख्य योगदान दिँदै आइरहेको छ। सन् २०१९को सेप्टेम्बरसम्म आइपुग्दा ओपोले २ हजार ५०० भन्दा बढी प्याटेन्ट फेमिलिज्का लागि निवेदन दर्ता गराइसकेको छ।

त्यसैगरी, यूरोपियन टेलिकम्यूनिकेसन्स स्ट्यान्डर्ड इन्ष्टिच्यूट (ईटीएसआई)मा १ हजार भन्दा बढी फाइभजीका लागि आवश्यक प्याटेन्ट फेमिलिज्को घोषणा गरिसकेको छ। साथै,ओपोले ३ हजार भन्दा बढी फाइभजी स्ट्याण्डर्ड सम्बन्धि कागजात थ्रीजीपीपीलाई हस्तान्तरण गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्