श्रीलंकाली राष्ट्रपतिको क्षमादान विवादास्पद



कोलम्वो,(एजेन्सी)।

सन् २००५ मा एकजना स्विडेनी किशोरको हत्या गरेको अभियोगमा मृत्युदण्डको पर्खाईमा रहेका एक व्यक्तिलाई क्षमादान दिएर सत्ताबाट बाहिरिन लागेका राष्ट्रपति व्यापक विवादमा मुछिएका छन्। अप्रत्याशित रूपमा राष्ट्रपति मैथ्रिपाला सिरिसेनाले क्षमादान दिने निर्णय गरेपछि धनाढ्य र सम्भ्रान्त परिवारका सदस्य जुड जयामाहा कारागार मुक्त भएका छन्।

पीडितकी बहिनी क्यारोलिन जोनसनले हत्याराले रत्तीभर पनि पश्चाताप नगरेको बताएकीछिन्। अनलाईनमार्फत श्रीलंकाली जनताले यस कदमको विरोध जनाएका छन्। आगामी शनिवार हुन लागेको श्रीलंकाको राष्ट्रपतीय चुनावमा सिरिसेनाले भाग लिन लागेका छैनन्।

यस चुनावमा भाग लिनका लागि उनले आफ्नै पार्टीबाट समेत समर्थन पाउन सकेको छैनन्। सिरिसेनाले गत महिना १९ वर्षकै उमेरमा अधैर्यताका कारण हत्या जस्तो जघन्य अपराधको कारण पक्राउमा परेका जयामाहालाई उनको कारगारमा देखिएको राम्रा आनीबानीका कारण क्षमादान दिइन लागेको घोषणा गरेका थिए।

आमा श्रीलंकाली भएकी तथा दोहरो पासपोर्टधारी भोन्ने जोन्स्सोन नामक केटीलाई जयामाहाले राजधानी कोलोम्बोको एउटा अपार्टमेन्टको भर्याङमा कुटपिट गरी हत्या गरेका थिए। सामान्य भनाभन पछि त्यो घटना भएको थियो।

जोन्स्सोन सन् २००५ देखि नै आफ्नो परिवारसँग सो अपार्टमेन्टमा बस्दै आएकी थिइन्।अदालतमा मुद्दाको सुनवाइका क्रममा उनको खप्पर ६४ टुक्रा भएको जानकारी दिइएको थियो। शुरूमा उनलाई १२ वर्ष लामो कैद सुनाइएको थियो। त्यसपछि उनले पटकपटक कैद भुक्तानीविरुद्ध गरेको अपिल अस्वीकार गरी उनलाई मृत्युदण्ड सुनाइएको थियो। सन् २०१४ मा मृत्युदण्ड सर्वोच्च अदालतले सदर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्