हिट्स म्युजिक अवार्डको मनोनयन सूचि सार्वजनिक



राजधानीमा हिट्स एफएम सञ्चालन गर्दै आएको हिट्स नेपाल प्रालिले २३औं हिट्स एफएम म्यूजिक अवार्डस् २०७६ को मनोनयन सूची सार्वजनिक गरेको छ। २०७५ साल वैशाख एक गतेदेखि चैत्र मसान्तसम्ममा सो एफएममा दर्ता भएका गीत तथा गीति संग्रहबाट हरेक विधामा उत्कृष्ट ५ गीतको मनोनयन सूची सार्वजनिक गरिएको हो।


अवार्डमा गायिका बर्तिका एम राई सर्वोत्कृष्ट महिला गायन पप, पप रक संगीत सृजना, गीति संग्रह, रचना र गीत गरी सर्वाधिक ५ विधाको मनोनयनमा परेकी छिन् भने गायक दीपक बज्रचार्य सर्वोत्कृष्ट पुरुष गायन पप, पप रक संगीत सृजना र सर्वोत्कृष्ट गीत तथा गायिका आस्था तामाङ मास्के सर्वोत्कृष्ट महिला गायन पप, सर्वोत्कृष्ट पप रक संगीत सृजना र गीत तथा सविन राई एन्ड द फ्यारोह सर्वोत्कृष्ट समूह गायन, रक गायन र पप रक संगीत सृजना गरी ३/३ विधाको मनोनयनमा परेका छन्।

त्यसैगरी गायिका अन्जु पन्त सर्वोत्कृष्ट एकल गायन महिला विधामा २ गीतबाट मनोनयनमा छिन् भने गीतको विधामा पनि उनी मनोनयनमा छिन्। उनकै स्वरमा रहेको आगो बनेर जलायो उसले बोलको गीतबाट संगीतकार रमेश कायस्थ तथा संगीत संयोजक आशिष अबिरल पनि आ–आप्mनो विधामा मनोनयनमा छन्।बानिका प्रधानको मायाको बोलको गीत एकल गायन महिला,संगीत सृजना, संगीत संयोजन र गीत विधाको मनोनयनमा परेको छ।

नव प्रतिभा विधामा ५ः५५, विक्रम बराल, पेमा लामा, द रुट लेस र युगल गुरुङ मनोनयनमा पर्दा फिल्मी गीतको विधामा अर्जुन पोखरेल, आशिष अबिरल, दीपक शर्मा, राजनराज शिवाकोटी र सुभास भुसाल मनोनयनमा छन् भने लोक गीतको विधामा भिषण मुकारुङ, विरही कार्की र माण्डवी त्रिपाठी, भोजराज काफ्ले, हेमा तामाङ, सन्तोष लामा र आकृति श्रेष्ठ, विष्णु माझी र कुलेन्द्र विक तथा तेजेन्द्र गन्धर्व मनोनयनमा परेका छन्।

सर्वोत्कृष्ट रचना विधामा बर्तिका एम राई, विजय शिवाकोटी, महेश आचार्य, रोचक दाहाल र सुसन मास्के मनोनयनमा छन् भने संगीत सृजनाको विधामा आनन्द राई, आशिष अबिरल, मेगराज लगुन, रमेश कायस्थ र सुरेश अधिकारी मनोनयनमा छन्।

एकल गायन पुरुष विधामा विश्व नेपाली, दीप श्रेष्ठ, प्रमोद खरेल, राज सिग्देल र शिव परियार मनोनयनमा छन् भने पुरुष गायन पप विधामा ५ः५५, दीपक बज्रचार्य, नितेश जंग कुंवर, शिव परियार र सुगम पोखरेल मनोनयनमा परेका छन्।

सर्वोत्कृष्ट एकल गायन महिला विधामा अञ्जु पन्त, बानिका प्रधान, दुर्गा परियार र संगीता राना प्रधान मनोनयनमा छन् भने महिला गायन पपतर्पm आस्था तामाङ मास्के, बर्तिका एम राई, सुनिता कार्की, टीका प्रसाईं र तृष्णा गुरुङ मनोनयनमा परेका छन्। यो अवार्डमाम हाल १७ विधा रहेका छन्। जसमध्येको एउटा विधा लाईफटाइम अचिभमेन्ट अवार्ड रहेको छ।

प्रतिक्रिया दिनुहोस्