म्युजिक प्रोड्युसरमा पाण्डेको अध्यक्षतामा नयाँकार्यसमिती



म्यूजिक प्रोड्युसर एसोसियसन नेपालको प्रथम वार्षिक साधारण सभाले नयाँकार्यसमिति चयन गरेको छ।ललितपुरको फसी टोलस्थित मार्स नेपाल रिसोर्टमा सम्पन्न साधारण सभाले बी पाण्डेको अध्यक्षतामा नयाँकार्यसमिती चयन गरेको हो।

नव निर्वाचित कार्यसमितीमा कस्तुप पन्त उपाध्यक्ष, बाबुराजा केसी ‘ऊज्वल’ महासचिव, केशव सापकोटा सचिव र सन्तोष केसीलाई कोषाध्यक्षका रूपमा निर्वाचित गरेका छ। त्यसैगरी पदमबहादुर बुढा, हीरा केसी, अर्जुन बोहरा, एकनारायण भण्डारी, बाबुराम बोहरा, सहदेव कोइराला, विमल अधिकारी र सुवास रेग्मी कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्