लाङटाङ र गोसाइकुण्ड जोडने पदमार्ग निर्माण कार्य तिव्र



सरस्वति न्यौपाने, रसुवा । 

गोसाइकुण्ड र लाङटाङलाई सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुसँग जोडने पदमार्ग निर्माण कार्य तिव्र रुपमा अगाडी बढेको छ ।

पर्यटन विभागको दुई करोड लागत र हेलम्बु गाउँपालिकाको सहयोग तथा समन्वयमा हेलम्बुको शिर सिमिसिदाङ हिमाल हुदै लाङटाङ जोडने ३० कि.मि. मध्ये १५ कि.मि. को काम भइरहेको छ । हेलम्बु गाउँपालिकाका प्रमुख निमा ग्याल्जेन शेर्पाकाअनुसार प्रमुख पदमार्ग बाहेक हयाल्मो धार्मिक स्थल जोडने दर्जनौ पदर्माग बन्दै छन् ।

शाक्य मुनि बुद्ध पछिका दोस्रो बुद्ध मानिएका गुरु रिन्पोछेया पदसम्भव तिब्बत महायोगी मिलारेप तपस्या स्थल पुराना गुम्बादेखी आमायाङग्री (धनको देवी) सम्मको ट्रकिङ रुट अझै कायम रहिआएको छ भने रसुवा र सिन्धुपाल्चोक वासि आवत–जावत गर्ने पुरानो पदमार्ग मानिने गञ्जलापास रसुवाको लाङटाङ ४० कि.मि. मा मर्मत सम्भारको काम बाँकी रहेको छ ।

भुकम्पपछिको चार वर्षपछि गाउँपालिकाले पुरानो पदमार्गको निर्माण कार्यलाई तीव्रता दिएको हो । लाङटाङबाट हेलम्बु भित्रने पर्यटकले हयोलमो परम्परा धार्मिक स्थल हुल्कुबाट मेलम्ची खानेपानीको मुहान भेम भेमचाङ हेर्ने प्याकेज टे«किङ स्पटको कार्य योजना हलम्बु गाउँपालिकाले बनाइएको छ ।

हेलम्बु वडा नं.१ का अध्यक्ष मिङमार लामाले हयोलो ग्रन्थ अनुरुप पवित्र मानिने छुघ्यालागेन्जेन १ सय ८ वटा पानिको मुल फुटिरहेको या बालुवा भएको खोलाको मुहान हेर्न पाइने बताए ।

गुम्बै गुम्बाको शेर्माथान, घ्योल्मो बस्ती मेलम्चीघ्याङ तार्केघ्याङ,घ्याङुल, झिचेन मिलारेपा र पघसम्भवले तपस्या गरेको गुफा तेम्बायाङ आमायाङग्री चिरिगुम्बा पाल्चोक भगवति कुटुम्साङजस्ता आर्कषक स्थल हेलम्बु मा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्