डिप्रेशनबाट ग्रसित एक नेपालीको हामी नेपाली ग्लोबल दक्षिण कोरीयाद्धारा उद्धार



न्युज अफ नेपाल, काठमाडौं ।
बिरामी भई अलपत्र परेका एक नेपाली लाई हामी नेपाली ग्लोबल दक्षिण कोरीयाले उद्धार गरी नेपाल पठाएको छ ।

कोरीयाको सुवन बजारमा केही दिन देखि अलपत्र परेका दाङ घर भएका नाम परिवर्तित (सन्देश) लार्इ उद्धार गरि नेपाल पठाइएको हो । सुवनमा कार्यरत धरानका राज घिमिरेले ति अलपत्र ब्यक्तीको बारेमा फेसबुक मार्फत भिडियो लाइफ गरी सहयोगको लागि अनुरोध गरेपछि हामी नेपाली ग्लोबलले चासो दिएको थियो ।

हामी नेपाली ग्लोबल दक्षिण कोरीयाकी अध्यक्ष अम्बिका डिसीले राज घिमिरे सग समुन्वय गरेर बिरामीको उद्धार गरेको हामी नेपाली ग्लोबल दक्षिण कोरीयाका महासचिव ओमलाल ओलीले जानकारी दिनु भयो ।

भाषा परिक्षा मार्फत कोरीया पुगेका उनी केही दिनदेखि डिप्रेशनको सिकार भएर अलपत्र परेको हुन सक्ने बताइएको छ । तीन बर्ष अगाडी कोरीया पुगेका उनी एकहप्ता अगाडी कम्पनी छाडेर अलपत्र परेको कम्पनीमा कार्यरत उनका साथीहरुले बताएका छन ।

हामी नेपाली ग्लोबल दक्षिण कोरीयाका उपाध्यक्ष अवधेश कुमार चौरासियाको जिम्मामा शनिबार नेपाल पठाइएको हामी नेपाली ग्लोबल दक्षिण कोरीयाकी अध्यक्ष अम्बिका डिसीले बताउनु भयो ।

डिसीका अनुसार निजको जहाज भाडा,मेडिकल चेकजाच तथा अरु केही खर्र्च तत्काललाइ आफुले ब्यहोरेर नेपाल पठाएको बताउनु भयो । नेपालमा पिडितका आमा बुवा सग पनि सस्थाले सहकार्य गरेको छ । उनले कम्पनी बाट पाउने अन्य हिसाबको बारेमा पनि पहल भैरहेको अध्यक्ष डिसीले बताउनु भयो ।उनको उद्धारको लागी करिव नेपाली एक लाख हाराहारीमा खर्च भएको हो ।

अन्य बिरामी भन्दा डिप्रेशनको बिरामीको उद्धारमा निकै कठिन भएको अध्यक्ष डिसीले बताउनु भयो । मानसिक रुपमा बिरामी धेरै ग्रसित भएको हुदा आफुलाइ निकै समस्या भैरहेको इन्छन विमान स्थल बाट उपाध्यक्ष अवधेश कुमार चौरासियाले जानकारी दिनु भयो । अरु नेपाली पनि यहा छन तर कसैले सहयोग गरेका छैनन बिरामीलाइ नियन्त्रण गर्न मलाइ निकै कठिन भैरहेको छ उहाले भन्नु भयो ।

जताभावी भागदौड गर्ने, जस्ता बानीले समस्या भैरहेको उहाले जानकारी दिनु भयो । उनको उद्धारको लागी हामी नेपाली ग्लोबलका सबै पदाधिकारीहरु सबै ठाउ बाट खटेको बोर्ड अफ डाइरेक्टर सन्तोष खड्काले जानकारी दिनु भयो । हामीले कसले कहा बाट के कस्तो पहलल र र सहयोग गर्न सक्छौ भनेर सम्पुर्ण कार्य समितिले विषेश पहल गरेको खड्काले जानकारी दिनु भयो ।

हाल नेपालमै रहेका हामी नेपाली दक्षिण कोरीयाका कन्सुलर आदर्श केसी पनि त्रिभुवन बिमान स्थलमा पुगेर पिडितलाइ परिवारको जिम्मा लगाउने तयारी भैरहेको बताइएको छ । देख्दा सामान्य जस्तो भए पनि यस्तो बिरामीको उद्धार निकै कठिन भएको र सस्थाको अग्रसरतामा भएपनि अरु नेपालीको पनि साथ सहयोग भएको हामी नेपाली ग्लोबल दक्षिण कोरीयाका अर्का बोर्ड अफ डाइरेक्टर गोबिन्द जिएमले जानकारी दिनु भयो ।

सस्थाले आगामी दिनमा पनि अलपत्र र आपतमा परेका नेपालीको लागी सक्दो पहल र सहयोग गर्ने जिएमले जानकारी दिनु भयो ।

अमेरीकामा केन्द्रिय कार्यालय रहेको हामी नेपाली ग्लोबलले अलपत्र परेका नेपालीको उद्धारमा पहल,नेपाली नेपाली विचको सहयोगी भावनाको बिकास,राष्ट्रीयता प्रति उत्तरदायी भावनाको बिकास तथा समाजसेवामा योगदान गदै आएको छ ।

कोरीयामा विभिन्न कारणले मानसिक पिडामा हुने नेपालीको सख्या बढदै गैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्