अपाङ्ग भएर के भो ? आत्मविश्वासले बनायो सपनालाई सफल



सलिम अन्सारी, प्युठान ।

मल्लरानी गाउँपालिका ४ खलंगा कि ३९ बर्षिय सपना पोख्रेल काम गर्न अपाङ्गताले छेक्दैन भन्ने उदाहरण बनेकि छिन् । जन्मजात अपाङ्ग भएर जन्मीएकी उनको दुबै हात र दुबै खुट्टाका सबै औंला छैनन्।

तर,च्याउ खेती थालेपछी उनलाई अरु कसैको मुख ताक्नु परेको छैन। आफै स्वरजगार बनेकी छिन्।सानै छदा बाबु आमा बिते, उनी एक्लिन पर्यो। छिमेकी धर्म बुबाआमाले सपनाको रेखदेख गर्न थाले। धर्म आमाबुबाकै आडले एसएलसी सम्मको पढाइ सकिन सपनाले।

उनले समाजमा अनेकौ उतारचढाब ब्यहोर्नुपर्यो। अपाङ्ग भएकै कारण घरपरिवार र समाजबाटै हेलिएर बाच्नुपर्यो। अपमानका कैयों तीतो अनुभव भोगेकि छिन् सपनाले। यही भोगाइको बीच, उनले अर्काको पीडासँग सहयात्री बन्न १५ वर्ष अगाडि विवाह गरिन अनि शुरु भयो सङ्घर्षपूर्ण दैनिकी। उनको २०६१ सालमा पहिलो बिबाह भयो।

श्रीमानले हेला गर्न थालेपछी उनको बैबाहिक जीवन त्यति सुखद हुन सकेन। अन्तत त्यो सव साइनो टुट्यो। त्यसपछि उनले फेरि दोस्रो बिबाह गरिन। श्रीमान नोकरीका लागि प्रदेश हानिए। सपनालाई लाग्यो आफुले पनि केही गर्नुपर्छ भन्ने । त्यतिकैमा अपांग सेवा सघले च्याउ उत्पादन तालीम दिन सुरु गर्यो।

उनी तालिममा सहभागी भईन्। त्यो तालिम उनका लागी बरदान सावीत भयो। विगत ८ वर्ष देखि सपना च्याउ खेतीबाट मनग्य आम्दानी गरिरहेकी छन। खलंगा बजारमा च्याउ खेति गर्दै आएकी सपनालाई दैनिकी चलाउन कुनै मुस्किल छैन । ’३ जनाको परिवारलाई खानलाउन पुगेको छ’ सपनाले भनिन, अहिलेसम्म ५ लाख जति बैंक जम्मा गरेको छु ,’ सपनाले भनिन। च्याउ खेतीले सन्तुष्ट्री दिएको छ,त्यो भन्दा धेरै उनको आत्मबल समेत बढाएको छ।

’जिन्दगीमा सीप भन्ने ठूलो कुरा रहेछ, च्याउ खेती राम्रो भएपछि ममा आत्मबल थपिएको छ” उनले भनिन। एक पटक खेती गर्दा तीन महिनासम्म फल लाग्ने सपनाले सुनाईन । “च्याउ खेतीबाट राम्रो आम्दानी भएकोमा धेरै खुसी छु । सपनाले भनिन, ‘पैसा हातमा भएपछि हरेक काम गर्न आत्मबल बढदो रैछ ।‘

नेपालमा रोजगारी छैन, काम छैन भन्नेहरुको लागि सपना उदाहरणिय पात्र बनेकि छिन् । काम गर्ने सोच र इच्छाशक्ति भए नेपालमा सबै कुरा गर्न सकिन्छ भन्ने उनको बुझाई छ। सपना,जो दिनहुँ आफ्नै करेसाबारिमै रमाउछिन् ।

त्यसैले त उनलाई न कसैको अगाडि हात फैलाउनु परेको छ न त पछाडी फर्कन नै । उनी सधै बिहान उठेदेखि साँझ अबेरसम्म करेसाबारिमै भेटिन्छिन। काम गर्दै दिन बित्छ । दुई छोराका आमा समेत बनिसकेकि उनले आफ्ना सन्तानको पालनपोषण, शिक्षालयायत जिम्मेवारीले पनि अपाङ्गताको बाबजुद काममा व्यस्त हुन्छिन।जेठो छोरा १० पढ्दापढ्दै छाड्यो कान्छो छोराले कक्षा ८ मा पढ्छन ।

“सपना एक सफल उद्यमि उदाहरण हुन् । स्थानीय राममणी थापा भन्छन्,ुअपाङ्गता भएर पनि आफूले गर्न सक्ने काम गरी आत्मनिर्भर बनेकि छिन् ।”

प्रतिक्रिया दिनुहोस्