भारतले जारी गरेको नक्साको बिरोधमा तरुण दलको प्रदर्शन



यमलाल भुसाल, बुटवल ।

नेपाली भूमि लिपुलेक भारतले आफ्नो नक्सामा राखेको बिरोधमा नेपाली काँग्रेसको भातृ संगठन तरुण दल रुपन्देहीले प्रदेश पाँचको राजधानी बुटवलमा प्रदर्शन गरेको छ ।

भारतले आफ्नो नक्सामा राखेर सार्वजनिक गरेको लिपुलेक नेपाली भूमि भएको भन्दै भूमि माथिको बाह्य हस्तक्षप स्वीकार्य नहुने भन्दै तरुण दलले प्रदेश पाँचको राजधानी बुटवलमा शुक्रबार बिरोध प्रदर्शन गरिएको नेपाल तरुण दल रुपन्देहीका सचिव रमेश शाहीले बताउनु भयो ।

बुटवलका अस्पताललाई महेन्द्रपार्कदेखि सुरु भएको बिरोध प्रदर्शन ट्राफिकचोक पुगेर सकिएको थियो । बिरोध प्रदर्शनपछि ट्राफिकचोकमा आयोजना गरिएको कोण सभामा बोल्दै नेपाल तरुण दल रुपन्देहीका अध्यक्ष लिपुलेक नेपाली भूमि भएको बताउँदै नेपाली भूमिको सरकारले रक्षा गर्न सक्दैन भने तरुण दललाई जिम्मा दिन आग्रह गर्नुभयो ।

नेपालको भूमिलाई समेत आफ्नोमा पार्ने गरी भारतले जारी गरेको राजनीतिक नक्साले नेपालमा एक प्रकारको तरंग आएको छ । त्यसको सबत्र बिरोध भएको छ । तरुणदलको उक्त बिरोध प्रदर्शनमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता, युवा तथा बिद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्