विप्लवका कार्यकर्ता पक्राउ



न्युज अफ नेपाल, गोरखा । 

नेत्रविक्रम चन्द ‘विप्लव’ समुह नेकपाका वाग्लुङ जिल्ला सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा वाग्लुङ घर भएका ३१ बर्षीय महेन्द्र भण्डारी रहेको प्रहरीले जनाएको छ । भण्डारी शुक्रबार बिहान गोरखा नगरपालिकाको मझुवा देउरालीबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका भण्डारीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्