आलम प्रकरणमा नयाँ ट्वीस्ट, ज्यान गुमाएका भनिएका त्रिलोक स्वदेशमै नभएको पत्नीको जिकिर



न्युज अफ नेपाल, रौतहट ।

रौतहटको फरदबामा २०६४ चैत २७ गते बम विस्फोटमा परी घाइते भएकालाई जिउँदै इँटाभट्टाको चिम्नीमा हालेर मारेको घटनामा ट्वीस्ट उत्पन्न भएको छ । घटनामा ज्यान गुमाएका भनिएका त्रिलोक प्रताप सिंह र ओशी अख्तर मारिएको भन्दै परिवारले प्रहरीमा किटानी जोहरी दिएको थियो । तर, अख्तरकी पत्नी अमन खातुनले ओसीको मृत्यु नभइ, उनी विदेश गएको जिकिर गरेकी छन् ।

उनले जिल्ला अदालत, रौतहटमा पुगेर पति वैदेशिक रेजागारीमा गएर नफर्केको भन्दै विनेदन दिएकी हुन् । यद्यपि निवेदन दर्ता भइसकेको छैन ।

अहिले अदालतमा प्रकरणमा मुख्य अभियुक्त बनाइएका पूर्वमन्त्री एवं सांसद मोहम्मत आफताब आलमको थुनछेक बहस चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्