चीन र अमेरिकाको संयुक्त अभियान सफल



बेइजिंग, (एजेन्सी)।

संयुक्त राज्य अमेरिकातर्फ फेन्टानिल तश्करी गरेको अभियोगमा चीनले नौ जना मानिसलाई बिहीबार काराबास सजाय सुनाएको छ। यस घटनामाथि अमेरिकी र चिनियाँ अधिकारीले संयुक्त अनुसन्धान गरेका थिए।

गत अगस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिरोइनभन्दा पचास गुणा कडा लागूऔषध अमेरिकातर्फ तश्करी भइरको रोक्न चीनले यथेष्ट प्रयास नगरेको बताएका थिए।

चिनियाँ अदालतले इतिहासमै पहिलो पटक अमेरिकी र चिनियाँ अधिकारीले यस्तो घटनामा सँगै काम गरेको जनाएको छ।

ट्रम्पले प्रत्येक वर्ष फेन्टानाइलले एक लाखको संख्यामा अमेरिकीको ज्यान जाने गरेको दाबी गरेका थिए। तर अमेरिकी सरकारी निकायले भने आधिकारिकरूपमा यो तथ्यांक अलि कमै हुने जनाएका छन्।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सन् २०१७ मा सिन्थेटिक ओपिओइडसको सेवनको कारण २८ हजार अमेरिकीको जयन गएको तथ्यांक प्राप्त भएको जनाएको थियो।

चिनियाँ र अमेरिकी अधिकारीको संयुक्त अपरेसनको परिणाम उत्तरी चिनियाँ शहर सिन्गताइमा सार्वजनिक गरिएको हो।

यस सिलसिलामा एकजना व्यक्तिलाई मृत्युदण्ड घटाएर आजीवन काराबास तोकिएको छ। अन्य दुईजनालाई शुरूमै आजन्म कैद सुनाइएको छ भने बाँकी छ जनालाई जनही छ महिनादेखि १० वर्ष कैद तोकिएको छ।

फेनतानाइलको दुव्र्यसनीमा निकै वृद्धि हुँदै गइरहेको छ। अमेरिकाको प्रचलित कानुनअनुसार क्यान्सर जस्ता कडा रोगको उपचारका लागि मात्र चिकित्सकले यस पेन किलर सिफारिस गर्ने गरेका छन्। तर यसको अवैध कारोबार हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्