सुन्दरको “पृथ्वीको आविष्कार”



कवि सुन्दर कुरूपको कविता संग्रह ‘पृथ्वीको आविष्कार’ बजारमा आएको छ। अनामनगरस्थित मण्डला थियटरमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले उक्त कृतिको विमोचन गरे।

उनले सुन्दरका कवितामा विभिन्न राजनीतिक र सामाजिक उतार–चढावहरूको मार्मिक प्रस्तुति रहेको जिकिर गरे। ‘समाजका देखिने र नदेखिने विविध पक्षलाई कवि सुन्दरले आकर्षकरूपमा प्रस्तुत गरेका छन्।’ –काइँलाले भने।

सिर्जनशील अराजकताका अभियन्तासमेत रहेका कवि हाङ्युग अज्ञातले बताए। अज्ञातले नेपाली कविहरूले विज्ञानसम्मत कुराहरू लेख्नुपर्नेमा जोड दिँदै त्यसमा मौलिकतालाई समेत जोड्नुपर्ने तर्क गरे।

उनले नेपाली मिडियाको वैचारिक धारसँग मिल्नेबाहेकका कविताहरू प्रकाशित गर्न अझै पनि गाह्रो अवस्था रहेको भन्दै यस सन्दर्भमा मिडियामा अप्रकाशित कवि सुन्दरका कवितासंग्रह प्रकाशित हुनुलाई सकारात्मक पहलका रूपमा लिनुपर्ने बताए।

मानुषी यमी भट्टराईले कवि सुन्दरका कविताहरू राजनीतिज्ञले पढ्नुपर्ने बताइन्। ‘सुन्दरका कविताले सांस्कृतिक अभियान र आन्दोलनमा टेवा पुर्याउने आशा राख्न सकिन्छ।’–उनले भनिन्।

कार्यक्रममा कवि सुन्दरले कवितासंग्रहबारे बोल्दै ग्रामीण परिवेश नै आफ्नो कविताको स्रोत भएको बताए। ‘पृथ्वीको आविष्कार’ सांग्रिला बुक्सले प्रकाशित गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्