तामाङ सम्पदा मार्गमा भ्रमण गर्ने पर्यटकको संख्या बढयो



सरस्वति न्यौपाने, रसुवा ।

लाङटाङ गोसाइकुण्ड र तामाङ सम्पदा पदमार्गमा भ्रमण गर्ने पर्यटकको सङख्या बढेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय रसुवाका वन प्राविधिक रमेश बस्नेतका अनुसार चालु आर्थिक वर्षको वर्षा ऋतुको दुई महिनामा पर्यटकहरु न्युन सङख्यामा आएपनि शरद ऋतुमा भने कमि हुनाका साथै र कुहिरो हटेर अग्ला हिमालका सौन्दर्य अवलोकनका लागी पदयात्रा गर्न आन्तरिक एवं वाध्य पर्यटकको आगमन बढदै गएको हो ।

गत साउन भदौ र असोज महिनामा ६ हजार ६ सय आन्तरिक र २ हजार ५१४ विदेशी पर्यटक निकुञ्ज भित्र प्रवेश गरिसकेका छन् । तीमध्ये ४३ सार्क राष्ट्र रहेका छन् । हिमालि दृश्य अवलोकन का लागी आउने आन्तरिक एवं वाहय पर्यटकले पवित्र तीर्थ गोसाइकुण्ड , लाङटाङ क्षेत्रको तामाङ सम्पदा मार्ग अन्तरगत गत्लाङ नागथली लगाएत क्षेत्रको भ्रमण गर्ने गरेको छन् ।

आन्तरिक पर्यटकका लागी प्रतिव्यक्ति कै १०० रुपैयाँ, सार्क मुलुकका लागी १ हजार ५ सय रुपैयाँ र अन्य वाह्य मुलुकका पर्यटकका लागी तीन हजार प्रवेश शुल्क तोकिएको र तिर्थका लागी गोसाइकुण्डको विशेष मेलाको अवधिभर नेपाली यात्रुका लागी मात्र शुल्क नलाग्ने व्यवस्था मिलाइएको निकुञ्जले बताएको छ । साउन, भदौ र असोज महिनामा पर्यटक शुल्क बाट सङकलित ८९ लाख ३७ हजार ५ सय रुपैया राजस्व संकलन भएको छ ।

हिजो आज कुहिरो नउठने, हिमाल दिन भर खुल्ने अग्लो स्थानमा सेताम्बे हिउँ समथर र हरियाली पाखा विभिन्न प्रजाति का चरा उडिरहने अस्मिज बादर लगाएत अन्य जनावर हेर्न पाइन्छ । सुन्दरीजल देखी गोसाइकुण्ड यात्रा गर्ने पर्यटकले लौरीविनायक चोलाङपाटी, ठुलो स्याफ्रु, लामा होटल हुदै लाङटाङ शेर्पा गाउँ वृद्धिम , थुमन नागथली गत्लाङ, पार्वतिकुण्ड, गोल्जुङ, स्याफ्रुबेसी पुगेर काठमाण्डौ फर्कन सक्ने छन् ।

राजधानी काठमाण्डौदेखी छोटो दुरी र प्राकृतिक स्थलको जिल्ला भएकोले यहाँ भ्रमणमा आएका पर्यटकले सात दिनमा पुरै गन्तव्य स्थल घुमि सक्ने, लाङटाङका पर्यटन व्यवसायी तेम्बा लामा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्