आर्थिक साझेदारी विस्तार तथा पर्यटन प्रवद्र्धन गर्न जोड



नेपाल समाचारपत्र, काठमाडौं।
नेपाल उद्योग परिसंघले अष्ट्रेलिया र स्पेनसँग आर्थिक साझेदारी विस्तार तथा पर्यटन प्रवद्र्धनका लागि सहकार्य बढाउनुपर्नेमा सम्बन्धित देशमा कार्यभार सम्हाल्न जान लाग्नु भएका नेपाली राजदूतहरूसँग आग्रह गरेको छ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल र स्पेनका लागि नेपाली राजदुत दावाफुटी शेर्पासँग कार्यभार सम्हाल्न जानु अघि अन्तक्र्रिया गर्दै परिसंघले सफल कार्यकालको शुभकामना समेत दिएको हो।

राजदूतसँगको अन्तक्र्रियामा परिसंघका अध्यक्ष सतिशकुमार मोरले भन्नुभयो–‘नेपाल उद्योग परिसंघले आर्थिक कूटनीतिलाई उच्च महत्व दिँदै आएको छ।

देशको आर्थिक विकासको मेरुदण्ड मानिने लगानी तथा पर्यटन प्रवद्र्धनका लागि आर्थिक कूटनीतिमा अव्बल रहनुपर्छ भन्ने मान्यता राख्दै सरोकारवालसँग परिसंघले निरन्तर संवाद तथा सहकार्य गरिरहेको छ।’

नेपाललाई अन्तर्राष्ट्रिय लगानी गन्तव्यका रूपमा स्थापित गर्ने तथा लगानीका प्रमुख क्षेत्र पूर्वाधार, जलविद्युत, पर्यटन, आधुनिक कृषि तथा सञ्चार प्रविधिलगायतका क्षेत्रमा लगानी तथा साझेदारी बढाउन सम्बन्धित देशको सरकार र लगानीकर्तासँग सम्बन्ध अझ विस्तार गर्न राजदूताबासको थप सक्रियता आवश्यक रहेकाले नवनियुक्त राजदूतले भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको पनि अध्यक्ष मोरले उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्