बलिउडका सबैभन्दा महंगो पारिश्रमिक लिने अभिनेत्रीहरु



काठमाडौं ।

पछिल्लो समय त कतिपय अभिनेत्रीले आफ्नो पारिश्रमिक पनि तोक्न थालेका छन् । कंगना रनौतदेखि दीपिका पादुकोणसम्मले फिल्मको लागि आफ्नो रेट तोकेका छन् । बलिउडका सबैभन्दा महंगो पारिश्रमिक लिने अभिनेत्रीहरु:

   कंगना रनौत
रनौत बलिउड मात्रै नभई भारतकै सर्वश्रेष्ठ अभिनेत्रीहरुमा पर्दछिन् । उनले तीन पटकसम्म भारतको राष्ट्रिय फिल्म पुरस्कार पनि पाएकी छिन् । आफ्नो अभिनयबाट दर्शक र फिल्म समीक्षलाई आफ्नो तर्फ निकै नै आर्कषित गर्दछिन् । पछिल्लो समय फिल्म अभिनयको लागि कगंनाले निर्माताबाट २४ देखि २५ करोड भारु लिने गरेकी छिन् । उनी भारतीय फिल्म क्षेत्रमा सबैभन्दा बढि पारिश्रमिक लिने अभिनेत्री पनि हुन् ।

 दीपिका पादुकोण

दीपिकाले एकदमै ठुलो लगन र मेहनेतले बलिउड उद्योगमा आफ्नो पहिचान बनाएकी हुन् । उनि भारतीय सेलिब्रेटीमा सबैभन्दा चर्चित र आर्कषक पनि मानिन्छिन् । उनलाई आलोचकका साथसाथै जनस्तरबाट पनि धेरै माया प्राप्त भएको छ । उनि अभिनयको लागि निकै रुचाईने कलाकार हुन् । उनको प्रशंसक पनि करोडौंमा छन् । उनले पारिश्रमिक रुपमा औसत एक फिल्मको लागि २१ देखि २२ करोड भारु लिने गर्दछिन् ।

प्रियंका चोपडा

प्रियंका चोपडाले बलिउडका बाहेक पनि अन्य भाषाका फिल्ममा पनि काम गरेकी छिन् । चोपडा अधिकांश फिल्मम सफलता प्राप्त गरेकी छन् । उनि बलिउड फिल्म उद्योगको क्षेत्रमा सबैभन्दा बढि कमाई गर्ने नायिका हुन् । उनले एक फिल्मको लागि १८ देखि २० करोडसम्म पारिश्रमिक लिने गरेकी छिन् । चोपडा अन्तराष्ट्रिय रुपमै चर्चित अभिनेत्री हुन् ।

                                    करीना कपूर

करीना कपूर अभिनित धेरै फिल्म सफल छन् । करीनाले ६ पटकसम्म फिल्मफेयर पुरस्कारसमेत प्राप्त गरिसकेकी छिन् । बलीउडकी सबैभन्दा बढि पारिश्रमिक लिनेमध्येमा करीना चौथो नम्बरमा पर्दछिन् ।उनको पारिश्रमिक सामान्यतया एक फिल्मको लागि १६ देखि १७ करोड भारु रहेको छ । रुपले अत्यन्तै सुन्दर करीनालाई प्रशंसक ‘बेबो’ भनि सम्बोधन गर्दछन् ।

                                          श्रद्धा कपूर

श्रद्धा कपूरले अभिनय गरेका अधिकांश फिल्म ब्लकबस्टर भएका छन् । प्रेम कथामा आधारित फिल्ममा उनलाई निकै रुचाइएको छ । उनी पछिल्लो समयमा बलिउडकी सबैभन्दा बढि पारिश्रमिक लिने अभिनेत्रीमा पाँचौ नम्बरमा पर्न सफल भएकी छिन् । उनको पारिश्रमिक एक फिल्मको लागि १५ करोड भारुसम्मको रहेको छ । कपूर अभिनेत्रीका साथसाथै गायीका पनि हुन् ।

पछिल्लो समय महिला र पुरुषबीच पारिश्रमिकमा हुने भेदभावको अन्त्य हुँदै गईरहेको छ । बलिउडमा पनि देखिने गरि नै पारिश्रमिकमा भेदभाव रहने गर्दथ्यो । तर अहिले यस्तो अवस्था कम हुँदै गएको छ । बलिउड अभिनेत्रीहरुले पनि अभिनेताले जस्तै पारिश्रमिक पाउन थालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्