क्रिकेटर सचिन तेन्दुल्कार नेपाल आउँदै



न्युज अफ नेपाल, काठमाडौं ।

भारतका पूर्वक्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउने भएका छन्।

सचिन युनिसेफको कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउन लागेका हुन्।

युनिसेफको सद्भावना दूत रहेका सचिन आगामी नोभेम्बर १६ मा नेपाल आउने लगभग पक्का भएको स्रोतले दाबी गरेको छ।

१६ तारिखमा सम्भव नभएमा २० वा २२ तारिख आउने गरी कुराकारी भइरहेको छ।

उनी युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुनेछन्।

स्रोतका अनुसार सचिन त्यही दिन भारत फर्कने कार्यक्रम छ।

सचिनले २०७२ को भूकम्पको बेलामा नेपाललाई सहयोग गरेका थिए। त्यसपछि उनी कुनै एक कार्यक्रममा नेपाल आउन चाहेका थिए।

विश्व क्रिकेटका कीर्तिमानधारी ब्याट्सम्यान सचिन नेपाल आउँदा नेपालका राष्ट्रिय क्रिकेट खेलाडी भने स्वदेशमा हुनेछैनन्।

प्रतिक्रिया दिनुहोस्