छठको रौनक शुरु, छटियाघाटमा सिँघारियो



कृष्णउदास खनाल, वीरगन्ज ।

तिहार सकिए लगतै पर्सा बाराको बजारमा छठको रौनक शुरु भएको छ ।

ठेकुवा तथा प्रसाद बनाउन पवित्र तथा शुद्ध माटोको चुल्हो बनाउन महिलाले माटो ल्याउन थालेका छन् ।छठ ब्रत्तको लागि पकाइने ठेकुवा, प्रसाद तथा चोखो खाना बनाउन माटोको नयाँ चुल्हो बनाउने परम्परा रहेको छ ।छठ पर्वका लागि वीरगन्जको घडीअर्वा पोखरी, रानीघाट, स्वीमिङ्ग पुल, राधेमाई बाराको कलैयास्थित रामजानकी मन्दिर, सिद्धेश्वर पोखरी, महागढीमाईको पोखरी, सिम्रौनगढको इसरा पोखरी लगायत ठाँउमा सजावटको कार्य तिब्ररुपले भईरहेको छ ।

यस्तै जिल्लाको ग्रामिण भेगमापनि छठ पूजाको तयारी जोडतोडले अगाडि बढेको छ । ग्रामीण क्षेत्रमा रहेका नदी, पोखरी तथा तलाउका छठघाटको सरसफाइ र सजावटको काम भइरहेको छ ।
हिन्दुहरुको धार्मिक ग्रन्थ महाभारत अनुसार द्रौपतिसहित पाण्डवहरूले अज्ञात बासमा रहँदा सो गुप्तबास सफलहोस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने सत्तीअनुसुईयाले यो पहिलो पटक पर्व मनाएपछि यसको परम्पराको थालनी शुरु भएको कथन सूर्य पुराणमा उल्लेख छ ।

छठ ब्रत्तको प्रभावले यसरी पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस्भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ ।यता, हिन्दुहरूको महान पर्व छठको लागि जिल्लाका ग्रामीण भेगबाट किनमेल गर्न आउने ग्राहकको भीडका कारण वीरगंजमा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ ।वीरगन्जको मुख्य बजार घण्टाघर,माईस्थान, आर्दशनगर चोकहरुको सडकमा मोटरसाईकल, साईकल र चारपांग्रे सवारी–साधनको पार्किङ्गको व्यवस्था नभएको कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको हो ।

दिनहुँ हुने ट्राफिक जामका कारण किनमेलका लागि आउने सर्वसाधारणहरुलाई सास्ती हुने गरेको छ । छठ पर्वमा सामान किन्न साईकल, मोटरसाईकल मार्फत वीरगन्ज आउने सर्वसाधारणको भिडभाडका कारण मिण्टौसम्म ट्राफिक जाममा फस्ने गरेको किनमेल गर्न आएका सर्वसाधारणले बताएका छन् । छठ अन्तरगत शुक्रबार खरना मनाउदैछन् भने शनिबार अस्ताउदो सूर्यलाई अर्ध दिएर र आइतबार उदाउँदो सूर्यलाई अर्ध दिएपछि यो बर्षको छठ पर्व सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्