होन्डाका टेक्निसियनबीच स्किल प्रतियोगिता



होन्डा नेपालले ग्वार्कोस्थित होन्डा सर्भिस ट्रेनिङ सेन्टरमा होन्डा मोटरसाइकल टेक्निसियन स्किल प्रतियोगिता आयोजना गरेको छ। क्षेत्रीयस्तरबाट शुरु गरिएको यस प्रतियोगितामा देशभर अवस्थित होन्डाका १३ आधिकारिक टेक्निसियनको सहभागिता रहेको थियो।

प्रतियोगितामा उत्कृष्ट दुई प्रतियोगी सागर गुरुङ र मोहन थापा मगरले नेपालको प्रतिनिधि गर्दै मार्च २०२० मा थाइल्यान्डमा हुने एसियन होन्डा मोटरसाइकल टेक्निसियन स्किल प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेका छन्।

त्यसै गरी तेस्रो हुने होन्डा हाउस, गोरखाका टेक्निसियन नरबहादुर चौधरीले पुरस्कार स्वरुप नगद .२५ हजार प्राप्त गरेका छन्। टेक्निसियनहरूको आत्मविश्वास बढाउन आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्