मृत्यु सत्य 



दीपक खनाल

कहिले आँसु कहिले हाँसो प्रकृतिको खेल
सङ्घर्ष नि गर्नैपर्ने दुई दिन बाँचुञ्जेल
आखिर रैछ जिन्दगानी कर्कलाकै पानी
ढलपल ढलपल गर्दागर्दै पोखिएरै जानी।

सुख, दुःख, हन्डर–ठक्कर इन्द्रेणी यो रंग

आफ्नै जीवन सम्झिएर आफैं हुन्छु दंग

सृष्टिको रचना यो च्याति जाने चोला

आज बाँचौं रमाएरै भोलि जे त होला ?
तैपनि
कोही हुन्छन् ढुंगाजस्ता कोही नौनीजस्ता
कोही हुन्छन् महँगा त कोही साह्रै सस्ता
आखिर मृत्यु सत्य नै हो स्वीकार्नु नै पर्छ।
दिनमा रम्ने रवि नि त राति सधैं मर्छ।

प्रतिक्रिया दिनुहोस्